आगलागी सम्बन्धी :
आगलागी एउटा ठुलो दुर्घटना निम्त्याउने विपत हो । आगलागीले सानो लपरभाहीका कारणले गर्दा पनि क्षणभर मै सबै चिज जलेर ध्वस्त पार्न सक्दछ । त्यसैले हामी समयमै सचेत रहन अति आवश्यक रहेको छ । यदि आफ्नै घर अथावा छिमेकमा यस्तो अवस्था आई परेको खण्डमा आगलागी उद्धार गर्ने उद्धारकर्ता अथवा आगलागी नियन्त्रण गर्ने संघ सस्थाँ अथवा दमकलको फोन नम्बर समयमै थाहा पाई राख्न अति आवश्यक रहेको छ । यदि आगलागी भएको खण्डमा आगलागी नियन्त्रका लागी तुरुन्तै १०१ मा डायल गर्न सक्नुहुनेछ ।
आगलागी सम्बन्धी जुनसुकै घटना भए पनि १०१ मा फोन गरिहाल्नुस् र यो नम्बरलाई घरका सबै सदस्यहरु लाई बताउनुहोस् ।
अव अर्को रहेको छ , नेपाल प्रहरीको फोन नम्बर:
प्रहरी मेरो साथी ,यो नारा नै छ नेपाल प्रहरीको । अपराध अथवा त्यस सम्बन्धी जुनै सहायता चहिएमा कुनै पनि हिचकिचाहटका साथ हामी नेपाल प्रहरी लाई खवर गर्न सक्दछौ । प्रहरी सहयताको लागी १०० मा फोन गरेर आफु माथी भएको अपराध होस् वा छर छिमेकमा भएका अपराधिक क्रियाकलाप यि सबै कुरा जानकारी दिएर नेपाल प्रहरी लाई सहयोग गर्न सक्नुहुनेछ भने आफु माथी परेको समस्यलाई समेत सुल्झाउन सक्नुहुने छ ।
त्यस्तै अर्को नम्बर रहेको छ ,४२२८४३५ ।
यदि तपाई काठमाण्डौ तथा काठमाण्डौका आसपास ललितपुर अथवा भक्तपुरमा हुनुहुन्छ भने काठमाण्डौ का लागी ४२६१९४५ अथवा अर्को नम्बर ४२६१७९० मा फोन गर्न सक्नुहुनेछ ।
यस्तै तपाई भक्तपुर मा हुनुहुन्छ भने ६६१४८२१ ।
यस्तै ललितपुर मा हुनुहुन्छ भने प्रहरी सहायताको लागी ५५२१२०७ फोन गर्न सक्नुहुनेछ ।
अव अर्को रहेको छ , एम्बुलेन्सको नम्बर चाहिँएमा :
परोपकार एम्बुलेन्स सेवा : फोन नं रहेको छ , ४२६०८५९ ।
तपाई ललितपुरमा हुनुहुन्छ भने ललितपुर रेडक्रस एम्बुलेन्स सेवा को फोन नं.५५४५६६६ मा फोन गरेर सेवा लिन सक्नुहुनेछ ।
यदि विशाल बजार तथा त्यस क्षेत्रमा हुनुहुन्छ भने बिशाल बजार एम्बुलेन्स सेवाको फोन नम्बर ४२४४१२१ मा फोन गरेर सेवा लिन सक्नुहुने छ ।
रेडक्रस एम्बुलेन्सको लागी ४२२८०९४ मा फोन गर्न सक्नुहुनेछ ।
यस्तै श्रोता कुनै आपतकालीन अवस्थामा रगत चाहिएको खण्डमा ब्लड ब्याङ्कको फोन नम्बर ४२२५३४४ स्मरण अथावा टिपोट गरेर राखी राख्नुहोस् ।
यस्तै , कुनै पनि अवस्थामा चेलिबेटी बेच बिखन तथा महिला माथी जघन्य अपराध भईरहेको थाहा पउदा बित्तीकै , यसै सम्बन्धी काम गरिरहेको संस्था माईती नेपालको टोल फ्रि नम्बर १६६००१९९९९९ मा फोन गर्न सक्नुहुनेछ ।