काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले बिहीबार पनि आफूसहितका ९ वटा इजलास तोकेका छन् । उनले १७७ वटा मुद्दाको पेसी राख्दै इजलास तोकेका हुन् ।
राणाले आफ्नो पनि एकल इजलास तोक्दै ६ वटा मुद्दा पेसीका लागि राखेका छन् । तीनजना न्यायाधीशको उनले पूर्ण इजलास तोकेका छन् ।
उनले न्यायाधीश दीपकुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा २६, मीरा खडका र तेजबहादुर केसीकोमा २८, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाकोमा ३४, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीकोमा २६, विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा २, वमकुमार श्रेष्ठ र कुमार रेग्मीकोमा २७, प्रकाशकुमार ढुंगाना र कुमार चुडालको इजलासमा २४ र नहकुल सुवेदीको एकल इजलासमा ४ वटा मुद्दाको पेसी तोकेका छन् ।
बन्दीप्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइ गर्ने बताउँदै आएका न्यायाधीशहरुको इजलासमा आज पनि जबरजस्ती करणी, ठगी, लागुऔषध खैरो हिरोइन, डाका, कर्तव्य ज्यान, चोरी शिकारी, मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक, वैदेशिक रोजगार, भ्रष्टाचार लगायतका सबै प्रकृतिका मुद्दाको पेसी तोकिएको छ ।