चितवन । Establishing an Employer Led Labour Market Secretariat (इएलएमएस) परियोजनाले श्रम बजार सूचना प्रणाली र परियोजनाको परिचयको बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ र होटेल संघ नेपालका प्रदेश र जिल्ला कार्यालयबाट २४ जना सम्भावित सर्वेक्षण सुपरिवेक्षकहको सहभागिता रहेको थियो ।
कार्यक्रममा परियोजनाका फोकल पर्सन रविनकुमार श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्दै श्रम बजार सूचना प्रणालीको महत्व र आवश्यकताको बारेमा बताए । श्रेष्ठले भने, ‘नेपालमा श्रम बजार सूचना प्रणालीले रोजगारदाता र तालिम प्राप्तका मदारहरुबीच एउटा पुलको रुपमाकाम गर्नेछ ।’
सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सिप तथा स्वास्थ्य समितिका सभापति हेमराज ढकालले भविष्यमा श्रमको आवश्यकताको रहेको बताए ।
यस्तै टिम लिडर चन्द्रकान्त अधिकारी र दक्षताका तर्फबाट मनोज शर्मा न्यौपानेले श्रम बजार सूचना प्रणालीको कार्य प्रक्रिया र प्राविधिक प्रस्तुतिकरण गर्दै नेपालमा श्रम बजार सूचना प्रणालीको विकासले निजी क्षेत्रले खोजेको जस्ता सीप र जनशक्तिको प्रस्तुती दिने बताए ।
साथै यस परियोजनालाई पाँचप्रमुख रोजगारदाता संघ (नेपालउद्योग वाणिज्य महासंघ, नेपालउद्योग परिसंघ, नेपाल घरेलु तथा सानाउद्योग महासंघ, नेपालनिर्माण व्यवसायीमहासंघ र होटेल संघ नेपालले संयुक्त रुपमा कार्यन्वयन गरेको यस परियोजनालाई एक उदाहरणीय परियोजनाको रुपमालिईएको छ ।
हाल इएलएमएस परियोजनालाई युरोपियन युनियनले आर्थिक सहयोग गरिरहेको छ भने ब्रिटिस काउन्सिल दक्षताले व्यवस्थापकीय सहयोग गरेको छ । निजी क्षेत्रको छाता रोजगारदाता संघको एक्यवद्धतालाई अन्य विकासका एजेण्डाहरुलाई हासिल गर्न समेत मद्दत पुग्ने विश्वास परियोजनाको फोकल पर्सन रविनकुमार श्रेष्ठले बताए ।