काठमाडौं । पछिल्लो केही दिन यता निरन्तर सुधार भइरहेको नेप्सेमा सोमबार भने नकारात्मक असर परेको छ। साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से सूचक १८.६५ अंकले घटेको छ।
दिनभरीको तीव्र उतारचढावका बीच सोमबार नेप्से सूचक अन्तिम समयमा १८.६५ अर्थात ०.६६ प्रतिशतले घटेर बन्द भएको हो। यससँगै सामेबार नेप्से सूचक घटेर पुनः २८१८.९७ बिन्दुमा झरेको छ।
यस्तै नेप्सेमा क वर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि यसदिन १.८८ अंकले घटेको छ। सोमबार सेन्सेटिभ इन्डेक्स १.८८ अंकले घटेर ५२८.१२ अंकमा झरेको छ। नेप्से र सेन्सेटिभ इन्डेक्स घटेसँगै यसदिन कारकोबार रकममा पनि थोरै कमी आएको छ।
आइतबार २३२ कम्पनीको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता सेयर कुल ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९३ रुपैयाँमा खरिद बिक्रि भएको बजारमा सोमबार भने २२६ कम्पनीको १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता सेयर कुल ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७७८ रुपैयाँमा खरिद बिक्रि भएको छ। अघिल्लो दिनको तुलनामा यसदिन कारोबार रकम ५ करोड रुपैयाँले घटेको हो।
सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये ३ वटा समूहको सूचक बढेको छ भने बाँकीका १० वटा समूहको सूचक भने घटेको छ। बैंकिङ, होटल र लगानी समूहको सूचक यसदिन सामान्य अर्थात १ प्रतिशत भन्दा कमले बढकेको छ। त्यस्तै, सोमबार हाइड्रोपावर समूहको सूचक भने सवार्धिक २.३२ प्रतिशतले घटेको छ। त्यस्तै, ट्रेडिङ, फाइनान्स, माइक्रोफाइनान्स, म्यूचल फण्ड, र अन्य समूहको सूचक भने १ प्रतिशत भन्दा बढीले घटेको छ।
कारोबारको क्रममा यसदिन महालक्ष्मी विकास बैंकल सर्वाधिक कारोबार गरी अग्र स्थानमा छ। महालक्ष्मी बैंकको यसदिन ३६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ।