किराँत समुदायको पर्व उधौलीका अवसरमा प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गरेका छन्।
बिहीबार मुख्यमन्त्री राईले शुभकामना विज्ञप्ती जारी गर्दै गर्दै साकेला, साकेन्वा, चासोक, तङ्नाम, चासुवा, फोलस्वाँदर २०७६ को अवसरमा देश–विदेशमा रहेका सबैमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
सो क्रममा मुख्यमन्त्री राईले उधौली जस्ता चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान दिएको बताएका छन्।
उनले मौलिक सांस्कृतिक चाड पर्वहरुले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबिचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गर्ने बताएका छन्।
विज्ञप्तीमा धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दीगो र दरिलो बनाउने तर्फ लाग्नु हामी सबैको कर्तव्य भएको उल्लेख गरिएको छ।