काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले बुधबार रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्सीय टिमको घोषणा गरेको हो ।
आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाली टिमको घोषणा भएको हो । मुख्य प्रशिक्षक जगत टमटाले बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट विश्वकप छनोट खेल्ने टिमको घोषणा गरेका हुन् ।
युएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ । छनोटमा ६ वटा टिम सहभागी छन् । जसमा नेपालसहित युएई, हङकङ, भुटान, कुवेत र मलेसियाले सहभागिता जनाउने छन् ।
नेपाली टिममा रुबिना क्षेत्री (कप्तान), डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर,ज्योति पाण्डे, सरस्वती चौधरी,काजल काजोल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई र, वैकल्पिकमा सरस्वती जीएम,रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी रहेका छन् ।