सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्न लागेको छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा अनुपस्थीत हुनुहुने भएको छ ।
पार्टीका महासचिव बिष्णु पौडेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली बैठकमा सहभागी नहुने जानकारी दिनुभएको छ ।
दुई अध्यक्षबीच भएको सहमती अनुसार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी जिम्मेबारी दिइएपछि दोस्रो पटक बैठक बस्न लागेको हो ।
पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पहिलो पटक गत १८ गते बसेको सचिवालय बैठकले उपनिर्वाचनको समिक्षा गर्दै प्रतिवेदन पठाउन उपनिर्वाचन भएका सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएको थियो ।सचिवालयकै निर्देशन अनुरुप आइतबार हिजो उपचुनावको समीक्षात्मक प्रतिवेदन पार्टी मुख्यालय आईसकेको छ ।
आजको बैठकमा त्यही प्रतिवेदनका साथै पार्टी एकिकरणका बाँकी काम र समसामयिक विषयमा छलफल हुने महासचिव पौडेलले बताउनु भयो । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने जनाइएको छ ।
आजको बैठकका लागि अध्यक्ष ‘प्रचण्ड’ले हिजो पार्टीका अन्य नेताहरूसँग छलफल गर्नुभएको थियो ।यसअघि बसेको सचिवालय बैठकको निर्देशन अनुसार मंसिर १४ गते उपचुनाव भएका ५२ स्थानकै समिक्षा प्रतिवेदन हिजो पार्टी मुख्यालय आएको छ ।
प्रतिवेदनमा कतिपय नसोचेको स्थानमा नेकपाले जितेको तथा गढ मानिएकै ठाउँमा नेकपाले पराजय भोगेको विषयलाई समेटिएको छ ।
नेकपा नेतृत्वले भक्तपुर प्रदेशसभा र धरान उपमहानगरपालिकाको मेयर पदको चुनावको पराजयलाई ठूलो असफलताको रुपमा लिएको छ ।
दुई ठाउँ चुनावमा पराजय भोगेपछि सचिवालय बैठकले दिएको निर्देशन बमोजिम सबै प्रतिवेदन केन्द्रमा आइसकेपछि आज नेकपा सचिवालय बैठक बोलाइएको हो । ।