भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको आसन्न दशौं महाधिवेशन अन्तर्गत आयोजना भएको वडा संगठन कमिटीको अधिवेशन अन्तर्गत सूर्यविनायक नगरपालिका वडा नम्बर १ मा प्रमोद घिमिरेको अध्यक्षतामा वडा संगठन कमिटी चयन गरिएको छ ।
सर्वसम्मत रुपमा भएको नेतृत्व चयन भएको वडा संगठन कमिटिमा उपाध्यक्ष बसन्त थापा, सचिव सुन्दर राउत तथा उसचिवद्वय मधुराम न्यौपाने र शोभा केसी चयन भएका छन् ।
यसैगरी वडा संगठन कमिटी सदस्यहरुमा अमिता बस्नेत, विमला घिमिरे, दिलमाया श्रेष्ठ, रुपा परियार, विमला बस्नेत, पूर्णिमा कायस्थ, बबिता खनाल, पेमा जिसी, विदूर न्यौपाने, कृष्णकुमार श्रेष्ठ, राकेश श्रेष्ठ, धनबहादुर थापा, सूर्यलाल श्रेष्ठ, किशोर थापा, भूपाल गिरी, राजकुमार कार्की, प्रेमकृष्ण बोडेल श्रेष्ठ, रविसुन्दर श्रेष्ठ, मोहनकृष्ण थापा, सुरेश श्रेष्ठ, चन्द्रकुमार फुँयाल, प्रकाश थापा चयन भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं वडा नम्बर १ संगठन कमिटीका इन्चार्ज सानुकाजी श्रेष्ठले जानकारी दिए ।
नवगठित वडा संगठन कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एमाले वागमति प्रदेश संगठन कमिटी सचिवालय सदस्य राजेन्द्र राजथलाले सपथ गराएका छन् ।
यसैगरी, सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा केशव खत्रीको अध्यक्षतामा वडा संगठन कमिटी गठन भएको छ । नवगठित वडा संगठन कमिटीमा उपाध्यक्ष विश्वराम बिष्ट, सचिव रवि श्रेष्ठ तथा उपसचिवद्वयमा सिताकुमारी पौडेल र चन्द्रकुमार श्रेष्ठ (हरि) चयन भएका छन् ।
यसैगरी वडा संगठन कमिटी सदस्यहरुमा अर्चना बिष्ट, निरन्जन खत्री, सविताकुमारी बख्रेल, सुशान्त श्रेष्ठ, रुकेश माकाजु, दिलबहादुर श्रेष्ठ, शान्ता श्रेष्ठ, कृष्णहरि पौडेल, प्रतिमा बस्नेत, विश्वलाल श्रेष्ठ, सावित्रा गैरे, पुष्कर बिष्ट, रमा राउत, आस्था बस्नेत, राज्यलक्ष्मी श्रेष्ठ, कोमल गिरी, गोमाकुमारी बख्रेल, नानुमाया श्रेष्ठ, जितेन्द्र खत्री, हिरनकुमार बस्नेत, सुरेश श्रेष्ठ, सानुकाजी महर्जन, दयाराम खत्री, राजु मगर र चन्द्रबहादुर श्रेष्ठ चयन भएका छन् ।