ह्वावै कम्पनीको पहिलो 5G व्यवसायिक फोन छब्बीस तारिख शनचन शहरमा सार्वजनिक भएको छ साथै ह्वावैको हुङमङ परिचालन प्रणाली बोकेको ह्वावै स्मार्ट स्क्रिन पनि आगामी अगष्ट महिनामा बजारमा आउने भएको छ।
ह्वावै उपभोक्ता सेवाका सीईओ यु छन तुङले जानकारी दिएअनुसार, पूर्ण दृश्य स्मार्ट रणनीतिले उपभोक्ताको पोशाक, खाना, आवास, यातायातलाई सिमलेस पूर्ण दृश्य सेवा प्रदान गरी औद्योगिक अपग्रेड गर्नेछ। ह्वावै स्मार्ट स्क्रिन नै पूर्ण दृश्य स्मार्ट युगमा स्क्रिन उपकरणको ठूलो अपग्रेड हो जसबाट बहु-उपकरण, बहु-ब्र्याण्ड सामानबीचको अन्तर्क्रिया हुनसक्छ। स्मार्ट स्क्रिन स्मार्ट घरको नियन्त्रण केन्द्र बन्नेछ।
5G व्यवसायिक पाइला छिटो हुँदा विभिन्न मोबाइलफोन कम्पनीले पनि 5G फोन बजारमा ल्याउने तयारी गरिरहेका छन्। अनुमानका अनुसार, ह्वावै, चुङसिङ आदि कम्पनीका 5G फोन निकट भविष्यमा बजारमा ल्याइनेछन्।