चीनका उद्योग तथा सूचना प्रविधि उपमन्त्री सिन क्वो पिनले जानकारी दिनुभएअनुसार, वर्षको सुरूमा चीनले वर्षभरि औद्योगिक आर्थिक विकाससम्बन्धी अपेक्षा गरी ५.५ प्रतिशतदेखि ६ प्रतिशतसम्मको वृद्धि मात्रा उचित हुने विचार लिएको थियो। पूर्वार्धको विकासबाट हेर्दा समस्त औद्योगिक आर्थिक वृद्धि दर छ प्रतिशत पुगेको छ भने ४१ प्रकारका उद्योगमध्ये ३९ वटाको वृद्धि कायम भएको छ र आधाभन्दा बढी उद्योगको वृद्धि दर बढेको छ। उद्देश्य कारक र गत वर्षको सोही अवधिको आधारभूत संख्याको प्रभावमा मासिक सूची केही अस्थिर देखिए पनि समग्र स्थितिको स्थिरतामा कुनै पनि प्रभाव परेको छैन।
ठोस सूचीबाट हेर्दा पूर्वार्धमा चीनको उच्च प्रविधिको निर्माण उद्योगको वृद्धि दर ९ प्रतिशत पुगेको छ भने समस्त निर्माण उद्योगको भन्दा तीन प्रतिशत नाघेको छ। ठूलो स्केलका नीजि उद्योग र मध्य तथा साना उद्योगको वृद्धि दर छुट्टा छुट्टै गरी ८.७ प्रतिशत र ८.१ प्रतिशत पुगेको छ। नीजि व्यवसाय र मध्य तथा साना व्यवसायको विकास स्थिति सबैमा सुधार देखिएको छ।
चीनका उद्योग तथा सूचना प्रविधि उपमन्त्री सिन क्वो पिनले दिनुभएको जानकारी अनुसार, बजार, लागत, अर्थतन्त्र आदि कारकतत्वका कारणले केही विदेशी व्यवसायले चिनियाँ बजार परित्याग गरेका छन् र केही चिनियाँ प्रशोधन तथा निर्माण उद्योग पनि कम लागत भएका देशमा सरेका छन्। तर त्यो नै व्यवसायको सामान्य गतिविधि हो र औद्योगिक विकासको उद्देश्य नियम अनुकूल नै रहेको छ। उहाँका अनुसार, वर्तमान अवस्थाबाट हेर्दा निर्माण उद्योग विदेशमा सरेको मात्रा ठूलो छैन र धेरैजसो मध्य तथा साना उद्योग मात्रै हुन्। चीनको आर्थिक वृद्धि, औद्योगिक उन्नति, रोजगार आदिको प्रभाव निमन्त्रणमा रहेको छ।
उदाहरणका लागि क्वाङ तुङमा सन् २०१८मा जम्मा गरी ५८८ वटा विदेशी व्यवसायले क्वाङ तुमा आफ्ना व्यापार संशोधन गरेका छन् भने भियतनाम, थाइल्याण्ड, मलेशियामा स्थानान्तरण भएका छन्। ती ५८८ वटा व्यवसाय नै समस्त क्वाङ तुङ प्रान्तका विदेशी व्यवसाय मात्राको १.४४ प्रतिशत मात्रै पुगेको छ। तर सोहि अवधिमा १९१८ वटा नयाँ विदेशी व्यवसाय क्वाङ तुङ आएका छन्।
सिन क्वो पिनका अनुसार, चीनको ठूलो आन्तरिक बजार र सम्पूर्ण औद्योगिक प्रणाली अनि उच्च प्रभावकारी पूर्वाधार छ। चीन वर्तमान विश्वको सबभन्दा आकर्षक लगानी गन्तव्य अझै पनि हो।