काठमाडौं:गुराँस लाइफ इन्सुरेन्सको ५०% हकप्रद चैत २८ गतेबाट निष्कासन हुने भएको छ । कम्पनीले २ः१ अनुपातमा २९ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद भर्ने अन्तिम म्याद जेष्ठ १ गते तोकिएको छ । लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आवेदन दिन सक्नेछन् । चैत ५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछ ।
यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेको छ । लक्ष्मी बैंकको महाराजगञ्ज काठमाडौं र पुल्चोक ललितपुर तथा वीरगञ्ज, विराटनगर, भैरहवा, पोखरा, नारायणगढ, नेपालगञ्ज, धनगढी र जनकपुर शाखाबाट आवेदन दिन सकिनेछ । यसैगरी, इटहरी, दमक, धरान, लहान, वालिङ, विरेन्द्रनगर, घोराही, जलेश्वर, श्रीनगर, चरीकोट, बनेपा, दमौली र हेटौंटा शाखाबाट पनि हकप्रद भर्न सकिनेछ ।
यस्तै, लक्ष्मी क्यापिटल मार्केट नयाँ वानेश्वर, काठमाडौं र सि–आस्वाबाट पनि आवेदन दिन सकिन्छ । हाल यसको चुक्ता पुँजी ५९ करोड ४० लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ८९ बनेपा करोड १० लाख भन्दा बढि पुग्नेछ । गुरांँसले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद बिक्री गर्न लागेको हो ।
कम्पनीले ५०% हकप्रदपछि पनि तोकिएको चुक्ता नपुग्ने देखिएपछि फेरि १००% हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न गुराँसले चैत २१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा अघिल्लो आर्थिक वर्षको नाफाबाट ८% बोनस सेयर दिने प्रस्ताव पनि पेश हुनेछ ।