काठमाडौं । भृकुटीमण्डपमा आजबाट चौथो खाद्य मेला सुरू भएको छ। परम्परागत खानेकुराहरूको प्रवद्र्धनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रमुख आयोजनामा सो मेला सुरू भएको हो।
यस वर्षको खाद्य मेलाको नारा ‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रवद्र्धधन गरौँ, असल पोषणका लागि खाने बानीमा सुधार गरौँ’ भन्ने रहेको छ। मेलामा नेवारी, थारु, तामाङ्ग, लगायत विभिन्न जाति–जनजातिका परम्परागत तथा स्थानीय उत्पादनमा आधारित परिकारको स्वाद लिन सकिने छ।
मेलामा स्थानीय स्रोतको परिचालन गरेर बनाएका वस्तुहरूको मुल्याङ्न गरी प्रथम, दित्तीय र तृत्तियका लागि पुरस्कारको व्यवस्था रहेको छ।
मेलामा अखाद्य वस्तु, महङ्गी र सरसफाइको बारेमो विभागले अनुगमन गर्ने विभागका महानिर्देशक सञ्जिभ कर्णले बताए।
खाद्य मेलाका लागि निशुल्क ७५ वटा स्टल वितरण गरिएको छ। साथै मेला अवलोकनका लागि पनि कुनै शुल्क नलाग्ने आयोजकले जानकारी दिएको छ। मेला फागुन १०, ११ र १२ गतेसम्म हुने छ।
सो मेला अवलोकनकर्ताले बिहान १० बजे देखि साँझ ६ बजेसम्म अवलोकन गर्न सक्नेछन्। नेपालका बिभिन्न स्थानमा पाइने पोषिला खाद्यवस्तुको प्रचार, स्वदेशी खाद्यवस्तु प्रवद्र्धन, कृषक खाद्य उद्यमी व्यवसायी एवम् नियामक निकाय र उपभोक्ताबीचमा सम्बन्ध स्थापना गर्नु मेलाको मुख्य योजना रहेको आयोजकको भनाइ छ।