चिकित्सा शिक्षाको सुधारको माग गर्दै १५ औं अनसनका समयमा भएको सम्झातौको कार्यन्वयनको माग गर्दै १६ औं अनसनमा बस्नुभएका डा.गोविन्द केसीको आन्दोलनमा प्रत्यक्ष सहभागिता जनाइ डा.केसीको समर्थनमा बोल्दै आउनुभएका एक युवा प्रितम सुवेदीसंग कार्यक्रम शिधा कुरामा सन्तोष गन्धर्वले गरेको कुराकानीको सम्पादित अंश ।
डा.गोविन्द केसी अहिले १६ औँ पटक अनसन बसिरहनु भएको छ । उहाँको आन्दोलनमा प्रत्यक्ष तपाई समर्थन गरिरहनु भएको छ । उहाँको मागका विषयमा तपाई के भन्नुहुन्छ ?
डा. गोविन्द केसीले यो १६ औँ पटको सत्याग्रह जुन अहिले बसिरहनु भएको छ, यो चाहि १५ औँ सत्याग्रहमा २७ दिन लामो अनसन थियो । त्यो २७ औँ दिनमा सरकारले डा.केसीले उठाएको माग पुरा हुन्छ भनेर केसीसँग सम्झौता भएको थियो । त्यो सम्झौता सरकारले पालना नगरे पछि डा.केसी फेरि १६ औँ पटक अनसन बस्नुपरेको हो । अब हामी युवाहरुले यहिबाट सरकारलाई भन्ने होः प्रधानमन्त्रीले जुन सक्रिय भुमिका देखाएर डा.केसीसँग सम्झैता गर्नुभएका थियो आज पछि हट्न मिल्दैन । जुन डा. केसीसँग गरेको सम्झौता अनुसार केसीको माग अनुसार नै चिकित्सा शिक्षा विधेक संसदमा प्रस्तुत भई ऐन बन्नुपर्छ ।
सरकारले डाक्टर केसीसंग पटक पटक बार्ता गर्यो..सम्झौता गर्यो तर कार्यन्वयन गरेन भने फेरी अनसनमा बस्नुभन्दा अर्काे विकल्प छैन ? यसकालागि तपाईहरु युवाहरुले सरकारलाई दबाब दिन सक्नुहुन्न ?
अहिलेको सरकार कस्तो छ भने जव सम्म चौर्तर्फी दबाब आउदैन तबसम्म सरकार कानमा तेल हालेरै बसिरहेको अबस्था यो प्रष्ट देख्दै आईरहेको छ । डा केसीलाई हामीले सत्याग्रह भन्दा पनि एक पटक सडकबाट पनि तताउ दवाव दिएर आएका हौं । तर उहाँले यो कुरा मान्नुहुन्न सडक भन्दा सत्याग्रह उपयुक्त हो भन्नु हुन्छ । हामीले हाम्रो तर्फबाट सकेसम्म सत्याग्रह नबसे पनि माग पुरा हुन्छकि भनेर धेरै प्रयास गरेको हो तर हदै भएपछि पुनः अनसन बस्नुपर्ने वाध्याता भएको हो ।
सरकार र डा.केसीबीचको सहमति कार्यान्वयन गर्न नदिने तत्व कुन होला ? अहिले यहाँलाई लाग्दैन यो कसैबाट परिचालित छ ?
हामीलाई अचम्म के लागेको हो भने दुई तिहाई बहुमत भएको सरकार रहेको अबस्थामा पनि किन कार्यन्वयन भएन ? प्रधानमन्त्रीको सक्रियतामा स्वयम अगाडि आएर १५ औँ सत्याग्रह डा.केसिले तोड्नु भएको थियो । त्यसमा नेकपाका संसदीय दलका नेतासुबास नेम्वाङ,बिष्णु पौडेल आउनुभएको थियो । डा.केसीको सत्याग्रहमा हुबहु माग पुरा हुन्छ भन्नुभएको थियो तर अहिले त्यो सबै भुल्यो सरकारले । हामीलाई लाग्छ ...हामीसंग सम्झौता गरे पछि उहाँहरुलाई फेरि पनि एउटा स्वार्थ समुहले घेरिदियो ।
१५ औं अनसनका समयमा सरकारले पठाएका नेताहरुले नै अहिले ९५ प्रतिशता डा.केसीका मा पुरा भइसकेको भन्छन् नि ?
सरकारले माग पुरा गरेको भए अनसन किन बस्नु पथ्र्याे र डा.केसीलाई तर सरकारको पृष्टपोषण गर्नेले ९९ प्रतिशत माग पुरा भन्नु सहि होला तर त्यो एक दमै भ्रमपुर्ण कुरा हो । एउटा विश्व विद्यालयले ५ वटा भन्दा बढि मेडिकल कलेज खोल्न हुदैन भनेर जुन माथेमा कार्यदल दिएको सुझाब छ । त्यो नै झिकेर ९५ प्रतिशत माग पुरा भयो भन्नु यो एकदम गलत हो । यहा बाट प्रष्ट के देखिन्छ भने नेकपाको युवा सांसद हुनुहुन्छ उहाँले के भन्नु भयो भने केहि समुहले एकदम दबाब दिएर हामीले त्यो कुरा हटाएको हो । यसले के कुरा प्रष्ट हुन्छ भने ः उहाँहरु अर्थात सरकार, मेडिकल माफियाको स्वार्थमा घेरिएको छ ।
प्रतिपक्ष दलका नेता तथा पुर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले पत्रकार सम्मेलनमा सजारौं गोविन्द केसी जन्मनु पर्नेमा भएको एउटा डा.केसी पनि मर्न लाग्यो भन्दै सरकारलाई सम्झौता कार्यान्वयन गर्न माग गर्नुभएको थियो । के डा.केसी तपाईले भने झै जनताकै लागि अनसन बसेका हुन भने किन जनता सडकमा नआएको होला ?
डाक्टर गोविन्द केसी आफ्नो १६ औं अनसनको लागि किन इलाम जानुभयो भन्ने कुराले नै प्रष्ट हुन्छ उहाँ जनताकालागि अनसन बस्नुभएको छ । इलामको ताप्लेजुङ, तेरथुम लगाएतका विकटका जनताले सर्वशुलभमा स्वास्थ्य सेवा पाउन भन्ने होइन ?इलाम या पाँचथरममा एउटा मेडिकल कलेज र गुणस्तरिय अस्पताल खोल्दिने हो भने त्यहाका स्थानीयले राम्रो उपचार पाउथे ।
उनिहरु काठमाडौँ, झापा, विराटनगर, धरान आउनु पर्दैन थियो । त्यस्तै उदयपुरमा मेडिकल कलेज खुल्दिनेहो भने सप्तरी, सिराह, सोलुखुम्बुका बासिन्दाले पढन् पाउथे र स्वास्थ्य सेवा पाउथे । जुम्लामा अहिलेसम्म पनि एमबिबिएस पढाइ सुरु भएको छैन । त्यस्ता ठाँउहरुमा चाहि मेडिकल कलेज खुल्नु पर्छ । नेपालमा सहर भन्दा धेरै गाउँहरु भएको हुनाले हरेक गाउँहरुमा सरकारी मेडिकल कलेज खुलोस र गाउँघरमै दक्ष जनशक्ति जन्मियोस् भन्ने उहाँको चाहना हो ।
डा.गोविन्द केसीले पटक पटक अनसन बसेर जसरी माग सम्बोधनकालागि सरकारलाई प्रेसर दिनुहुन्छ त्यो कुरा कतिले राम्रो पनि भन्छन् कतिले डा.केसीलाई अनसनको लत लाग्यो भन्नेपनि छन् तपाई के भन्नु हुन्छ ?
डा.गोविन्द केसी एक सत्याग्रही हो । जो गलत लाई गलत र सत्यलाई सत्य भन्नुहुन्छ । उहाँ सत्यलाई अंगालेर हिड्ने व्यक्ति हो । सत्यको आग्रह गरेको हुनाले एउटा सत्याग्रहीको रुपमा मैले उहाँलाई लिन्छु । सच्चा व्यक्तिहरु उहाँको सामु आउँछन र गलत मानिसहरु उहाँको छेउ पर्न तर्सिन्छन । पटक पटक अनसन बस्दा डा.केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको र शरिर रहन्छ रहन्न यस्तो अबस्थामा पनि अनसन बसिरहनु भएको छ । यसमा मैले भन्न सक्ने कुरा यहि हो उहाँ नेपाली जनताकालागि आफ्नो त्याग गर्दै हुनुहुन्छ ।
डा.केसी अनसन बस्दै गर्दा उहाँको शारिरीक शक्ती नासिदै गएको छ । दिनप्रतिदिन कमजोर हुनुभएको छ । उमेरले पनि साथ छाड्दै छ यो समयमा अनसनभन्दा अर्काे विकल्प खोजौं भन्नुभएन तपाईहरुले ?
हामीले सकेसम्म उहाँलाई धेरै पटक अनसन नबसौं भनेर भनेका हुन्छौं । सरकारी निकायको व्यक्तिहरुले हामीले उठाएको मागमा जबसम्म सम्झौता गर्दैन तब सम्म उहाँले मेरो सत्याग्रह हट्दैन भन्नुहुन्छ । १६ औँ सत्याग्रह बस्नु भन्दा अघि पटक–पटक प्रेस विज्ञाप्ति निकालेर हामीले सम्झौता कार्यान्वयन गर्न दवाव दिएको हो तर माग पुरा भएन ।
डाक्टर गोविन्द केसी पटक पटक अनसन बस्नुभएको छ उहाँको कुनैपनि माग अहिले सम्म पुरा नभएकै हो त ?
होइन डा. केसीका सबै माग पुरा नभएको भन्ने छैन केहिमाग पुरापनि भएका छन् । जस्तैः काठमाडौँको गल्लि गल्लिमा गुणस्तरहिन र विद्यार्थीलाई चर्काे शुल्कमा खुल्ने मेडिकल कलेज बन्द भएका छन् । जेहेनदार र गरिब विद्यार्थीले पढ्न पाउने भएका छन् । जस्ले चिकित्सा क्षेत्रमा बिकृति ल्याएको छ । उनका विरुद्धमा डा. केसी बोलिरहनुभएको छ ।
पटक पटकको अनसनलाई हेर्नेहो भने यो विषय अब राजनितिक करण भइसक्यो तपाई युवाहरु विभिन्न विद्यार्थी संगठनसंग सहकार्य गरेर निर्णायक आन्दोलन गर्न सक्नुहुन्न ?
हामीले सडकमा आन्दोलन गरिरहेका छौं । सरकारलाई खबरदारी गर्नेगरि दवाव मुलुक कार्यक्रम जारी छ । तर सुन्दैन सरकार । प्रधानमन्ीलाई सहमति कार्यान्वयन नगर्न राजनीतिक दवाव हो भने खुलेर बोल्नुस् भनेका छौं । किन जिम्मेवारी देखि भाग्न खोज्दै हुनुहुन्छ । हामीले उहाँहरुलाई फोन तथा एसएमएस बाट पनि दबाब दिइरहेका छौ अझै पनि माग पुरा भएन भने दिन दिनै सडकमा आउछौं भन्ने दवाव हाम्रो जारी छ ।
सामाजिक अभियान्ताकारुपमा तपाई लामो समय काम गर्नुभयो । प्रितम सुवेदी आफैमा को हो ? के गर्दै हुनुहुन्छ ?
म पेशाले इन्जिनियर हुँ । अहिले म बिहान र बेलुका पढाउछु र दिउँसो कलेजमा पढाउछु । त्यसका अलवा म आफ्नै पढाईको तयारी पनि गर्छु । फुसर्दको समयमा चाहि डा.केसी र समाजमा घटेका घटनाका बिरुद्धमा आवाज उठाउँछु ।