गीता राई,
काठमाडौं । बलिउड अभिनेत्री नंदाको जन्म ०८ जनवरी १९३९ मा भारतको मुम्बई शहरमा भएको हो । उनका पिता मास्टर विनायक मराठी एक चर्चित रंगकर्मी थिए । उनका पिता रंगमञ्चको चिरपरिचित हास्य कलाकारका साथै विभिन्न चलचित्रका निर्माता पनि थिए ।
उनका पिता चाहन्थे कि उनी फिल्मी दुनियामा चर्चित अभिनेत्री बनुन् तर उनलाई भने यो रंग दुनियामा कुनै दिलचस्वी थिएन । नंदाको मन उनका बाबुले सोचजस्तो रंगकर्मी नभइँ देश र दुनियाको सेवा गर्नु थियो । उनि एक चर्चित सेनानी सुभाष चंद्र बोसबाट प्रभावित भएर जस्तोसुकै सेनाको सामना गर्न,देशको सेवा र सुरक्षा गर्ने ईच्छा बटुलेकी थिइन तर उनको त्यो इच्छा भने अधुरो नै रह्यो ।
एकदिन नंदा पढाईमा व्यस्त थिईन् उनकी आमाले छेउमा आएर भनिन् कि, “तिमीले अब कपाल काट्नु पर्छ”। किनकी तिम्रो बुवा चाहनुहुन्छ तिमी उहाँको फिल्ममा केटाको भुमिका निभाउनु पर्यो । आमाको कुरा सुनेर नंदालाई भने रिस उठ्यो । तर त्यो समय भने उनले आफ्नो रिसलाई काबुमा राखिन ।
सुरुमा त उनले कपाल काट्नलाई सिधै अस्वीकार गरिन तर पछि उनकी आमाले उनलाई सम्झाइँन र उनको बाबुको सपना पुरा हुने देखियो । चलचित्रमा काम गर्ने क्रममा उनीले आफ्नो बुवाबाट अपेक्षा गरेको जिम्मेवारी आफ्नो शिरबाट हटि सकेको आभाष गरेकी थिइन ।
त्यसमा पनि उनिहरुको आर्थिक अबस्था कमजोर बन्दै गएपछि उनको बाबुले बनाउँदै गरेको चलचित्रमा जिम्मेवारी हटिसकेको थियो भने फिल्म पनि अधुरो भएको थियो । बिस्तारै–बिस्तारै उनिहरुको आर्थिक स्थिति कमजोर हँुदै गयो, घरको स्थिति यतिसम्म खराब भयो कि उनले आफ्नो घर र कार बेच्न विवश हुनुपरेको थियो । घरको स्थितिका कारण उनीले बालकलाकारका रुपमा फिल्म खेल्न थालिन ।
बालकलाकार नंदाले पहिलो पटक स्न १९४८ फिल्म खेलेपछि उनको रंगीन दुनिया सुरुभयो । र उनीले सन् १९५२ जग्गु, स्न १९५४ शंकराचार्य र अंगारे फिल्ममा काम गरिन । स्न १९५६ मा आफ्नो अकंल शान्तारामको फिल्म तुफान और दीयामा आफ्नो उत्कृष्ट प्रस्तुति दिइन । त्यो संग उनको चलचित्रको करिअरको सुरुवात भयो । फिल्ममा उनले आफ्नो पहिचान सोचेअनुरुप बनाउन सकिनन् ।
उनले चलचित्र राम लक्ष्मण, लक्ष्मी, दुल्हन, जरा बचके, साक्षी गोपाल, चांद मेरे आजा, पेहेली रात, जैसी बी सी गे्रड वाली जस्ता फिल्ममा काम गरिन । तर पनि उनीलाई सफलता हात परेन । सन् १९५९ मा निर्माता एल.बी प्रसादले निमार्ण गरेको फिल्म छोटी बहनबाट अभिनेत्री नंदा चर्चामा आएको दैनिक भाष्कर अनलाईनमा उल्लेख छ । फिल्म छोटी बहनमा दाई र बहिनीबीचको सम्बन्धलाई चित्रण गरिएको छ ।
यस फिल्ममा बलराम साहनीले दाई र नंदाले बहिनीको भूमिका निभाएका छन् । फिल्ममा शैलेन्द्रले लेखेको र लता मंगेश्वरद्धारा गाइएको “भैया मेरे राखी के बंधनको निभाना” बोलको गीत एकदमै चर्चामा रह्यो । यस फिल्मको सफलताबाट नंदाले फिल्मी जगतमै आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल भईन् ।
फिल्म छोटी बहनको सफलता पछि नंदालाई राम्रो–राम्रो फिल्मबाट प्रस्ताव आउन थाल्यो । देवानंदको फिल्म काला बजार और हम दोनो, बी.आर. चोपडा को फिल्म शामिल हैं जस्ता चर्चीत फिल्ममा काम गर्ने अबसर जुर्यो । जसमा नंदाले सानो तर महत्वपूर्ण भूमिका निभाएकी थिइन । नंदाको २५ मार्च, २०१४ मा हृदयघातबाट ७५ वर्षको उमेरमा निधन भएको थियो ।