काठमाडौं । महिलाहरु आफ्नो सौन्दर्यतालाई बचाईराख्न वा अझ धेरै आफुमा सुन्दुरपन ल्याउन रहबखत लागिपर्छन् । अरुभन्दा आकर्षक र राम्री देखिन अनेक विधी अपनाउन र उपाय खोज्न पनि पछि पर्दैनन् महिलाहरु । तर पछिल्लो समय आकर्षक देखिने मामलामा पुरुषहरुपनि महिलाहरु भन्दा धेरै कम भने छैनन् ।
सुन्दर र आकर्षक देखिन सबैभन्दा पहिलो र महत्वपुर्ण भुमिका छालाको हुन्छ । यसकालागि छालालाई सुरक्षित र हेरचाह गर्दा मुख्य ध्यान दिन जुरुरी छ । जाडो याममा सबैभन्दा बढि हाम्रो छालामा कुरुपता आँउछ । त्यसैले जाडो मौसममा हामीले हाम्रो छालालाई सुरक्षित राख्न ध्यान दिनुपर्दछ । तर छालालाई कसरी सुरक्षित राख्ने भन्ने बिषयमा भने अधिकांस अनविज्ञनै रहेको पाईछ । हामीले जाडो याममा छालालाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारे केही टिप्सहरु प्रस्तुत गरेका छौं ।
गर्मी याममा भन्दा जाडोमा छाला धेरै चिलाउने छाला फुस्रो हुनुका साथै चाँया आउने, जस्ता समस्या बढी देखिने छाला रोगहरु आउने गर्छ । जाडोमा सबै छाला रुखो र सुख्खो हुने हुदाँ यो बेला विशेष ख्याल गर्नुपर्ने हुन्छ । ‘जाडोमा प्रायले पानी कम खान्छन् जसले गर्दा पनि छालालाई नकारात्मक असर पर्दछ ।’त्यसैले पानी धेरै पिउने नभए झोलिलो रसिलो फलफुल बढी मात्रामा खाने बानी गर्नुपर्छ ।
जाडो याममा छालालाई जोगाउन के गर्ने ?
सकेसम्म तातो पानीले ननुहाउने । किनकी तातो पानीले नुहाउँदा छाला खुम्चिने तथा फुस्रो हुन्छ । सके चिसो नभए मनतातो पानीले नुहाउनु राम्रो हुन्छ । नुहाउने साबुनको छनौटमा ख्याल गर्ने । कडा खालको साबुनको सट्टा मोस्चराइजरयुक्त साबुनको प्रयोग गर्नु पर्छ ।
नुहाएपछि नरम कपडाले शरीर पुस्ने तर धेरै सुख्खा हुने गरी वा छाला रगडिने गरी पुस्नु हुँदैन । जाडोमा छाला तुलनात्मक रुपमा बढी फुस्रो हुने भएकाले मोस्चराइजरयुक्त बडी लोशन लगाउनु पर्छ । नुहाउन साथै तेल अथवा भ्यासलिन भएको मोस्चराइजर लगाउनुपर्छ ।
तेल वा मोस्टराइजरले शरीरको हिटलाई कन्ट्रोल गरिदिन्छ जस्ले गर्दा छाला सुख्खा हुन पाउदैन । विज्ञापनमा जे देख्यो त्यही लाउनुपर्छ भन्ने छैन सबै छालालाई त्यो उपयुक्त नहुन पनि सक्छ । कुनै साबुन प्रयोग गर्दा त्यसले एलर्जी गराउने सम्भावना बढी मात्रामा हुन्छ । त्यसैले मोस्चराइजर भएको सावुन बढी मात्रामा प्रयोग गर्नु पर्छ । बाहिर निस्कँदा हातमा ग्लोब्स, खुट्टामा मोजा, मुखमा माक्स तथा चस्माको प्रयोग गर्ने । साथै खानपिनमा पनि एकदमै ध्यान दिनुपर्छ ।
हरियो सागसब्जीका साथै प्रशस्त पानी पिउनले सुख्खा छालाको समस्या समाधान हुन्छ । छालामा टासिने गरि सुतिको कपडा प्रयोग गर्नुपर्छ । धेरै तातो पानीले सावरबाट सिधै नुहाउनुहुदैन । एक बाल्टी मनतातो पानीमा दुई चम्चा नुन राखेर नुहाउने गर्नाले छाला सुक्खा हुन पाउदैन । यी सब कुरा गर्नुभयो भने पक्कै पनि जाडोको समयमा तपाईको छालाको चमक र सुन्दरता कसरी जोगाउने भन्ने समस्या समाधान भएर जान्छ ।