काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाँउपालिकामा ‘पहिलो अध्यक्ष रनिङ शिल्ड तथा बृहत खेलकुद प्रतियोगिता’ हुने भएको छ । खेलकूदको माध्यमबाट समाजमा आपसी सद्भाव तथा सहिष्णुता बढाउने उद्देश्यका साथ गाँउपालिकाले पहिलो पटक ‘अध्यक्ष रनिङ शिल्ड तथा खेलकुद प्रतियोगिता’ सञ्चालन गर्न लागिएको गाँउपालिकाका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।
युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर गर्दै स्थानिय तह, जिल्ला, प्रदेश र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पुर्याउने प्रतियोगिताको मुख्य लक्ष्य रहेको अध्यक्ष राईले बताउनुभयो ।
आगामी माघ ५ देखी सुरु हुने प्रतियोगितामा महिला तथा पुरुष भलिबल प्रतियोगिता, एथ्लेटिक्स, महिला÷पुरुष मिनि म्याराथुन, मार्सल आर्टस, महिला÷ पुरुष ब्याटमिन्टन, नृत्य प्रतियोगिता र एकल ट्रयाक गायन लगायतका प्रतियोगिता समावेश गरिएको छ । खेल गाँउपालिकाको केन्द्र मुक्लीमा सञ्चालन हुने खेल संयोजक राम संघर्ष किराँतीले क्यापिटल दैनिकलाई जानकारी दिनुभयो ।
खेल मैदान निर्माणकाे काम ८० प्रतिशत सकियो
आयोजनाका लागी अहिले खेल मैदान निर्माणको काम भईरहेको छ । हालसम्म ८० प्रतिशत खेलमैदानको काम सकिएको खेल संयोजक राम संघर्ष किराँतीले जानकारी दिनुभयो ।
संयोजक किराँतीकाअनुसार अहिले तिव्रताका साथ प्रतियोगिताको तयारी भईरहेको छ ।
विस्तृत हेर्नुहोस्–