काठमाडौं ।
दिदी...चटपटे बनाउँनु न ।
कति को बनाउने ?
कति–कति सम्मको बन्छ दिदी ?
हजुरले कति को खाने हो ?
हामीलाई ती चटपटे बेच्ने दिदीसंग उहाँको जिवनको अन्तरंग कुरा गर्नु थियो त्यहि क्रममा हामीले उहाँलाई चटपट बनाउन आग्रह गर्यौं । मलाई चटपट खास्सै मन पर्दन तर मेरो साथी गीतालाई भने नभइ हुदैन.., शनिवारको दिन औपचारिक कार्यक्रम खास्सै नभएकाले रेडियाबाट कुनै रिर्पाेटिङ जानु थिएन, कहाँ जाने सोचि रहेकै अबस्थामा रेडियोको समाचार डेक्समा काम गर्ने सन्तोष सरले एउटा सोसियल फिचर गरौं भन्नुभयो ।
हामीले के गर्ने भन्ने सोचमा थियौं...सन्तोषले तपाईहरु काठमाडौंको फन पार्कमा जानु त्यहाँको सुन्दरताको समाचार बनाउ भन्नु भयो..र त्यहि हिड्यौं..., तर हामी फन पार्कमा पुगेनौं हामीलाई त्यहि नजिकै रहेकी चटपटे बेच्ने दिदीले तानिन्...। उनी शारिरीकरुपमा अशक्त भएपनि मज्जाले आफ्नो व्यवसाय गरेको देख्दा हामी अचम्ममा प¥यौं ।
सन्तोष सरले भनेको एउटा कुरा मनमा आयो...कुनै मानिसको सपना एउटा चटपटे बेच्ने, ट्याक्सी चलाउने..बसमा सहचालक(खलासी) बन्ने हुदैन सबै परिस्थीतिले बनाउँछ भन्नुभएको कुरा याद आयो र त्यहि दिदीसंग उहाँको अन्तरंगको कुरा सुरुभयो ...।
“पहिला श्रीमान् भए पनि हामीलाई कहिल्यै हेरेन, म एक्लैले २ छोरालाई हुर्काएकि थिए र संघर्ष गरेरै २ छोरालाई पालेको हो” । भृकुटी मण्डपमा चटपटे बेच्दै आएकी तनहँु घर भइ हाल काठमाडौंको पुतलीसडक बस्दै आएकि कृष्णमाया नेपालीको भोगाइँ हो यो... ।
आफु अपाङ्ग भएर पनि करिब ५ वर्ष देखि काठमाडौंको भृकुटी मण्डपमा चटपटे बेचेर आफ्नो गुजारा चलाइ रहेको बताउहुन्छ । गाउँमा हँुदा श्रीमान्सँग उहाँको खास्सै राम्रो सम्बन्ध भएन र उहाँ शहर हानिनुभयो । उहाँको ठूलो छोरा ४ वर्ष र सानो छोरा ८ महिनाको हुदा उहाँको श्रीमानले अर्काे विहे गर्नुभयो ।
दोस्रो बिवाह गरेर बसेपछि आफु पनि काठमाडौं आएको भन्दै जब म काठमाडौं आए म केही गर्न सक्दिन होला जस्तो लाग्थ्यो जब म भन्दा नसक्ने अपाङ्गता भएका व्यक्तीले काम गरेको देख्दा आफुमा पनि केहि गरौं जस्तो लाग्यो । कृष्ण मायामा जब केहि गर्छुभन्ने आट आयो..अनि सुरु काठमाडौंको बसाई र संघर्षको यात्रा ।
त्यस पछि उहाँले सुरु–सुरुमा बदाम, काँक्रो बेच्न थाल्नुुभयो । उहाँले सुनाउनुभयोः मैले कति पय समयमा पसल–पसल गएर पनि आफुसंग भएको बदाम, काँक्रो खानुस् हजुर सम्म पनि भने ।
कृष्णमायाले त्यसबाट पनि खास्सै फाइँदा नेखिएपछि नयाँ व्यवसायको खोजीमा लाग्नुभयो उहाँले भन्नुभयोः आर्थिक रुपमा कमजोर भएको, कसैको सहयोग नपाएकाले पनि ठुलो व्यवसाय केहि गर्छु भन्ने थिएन र सानो लगानीमा चटपटे व्यापार सुरु गरे ।
सानो लगानीमा सुरु गरेको व्यवसाय धेरै आश गरेको त थिएन तर पछि पछि राम्रो हुदै गयो । बिहान छोराहरुलाई स्कुल पठाएर आफु भृकुटी मण्डपमा चटपटे बेच्न आएको सम्झैदै उहाँले भन्नु भयोः हिजो दिन सम्झन सक्दीन । उहाँले सुनाउँदै जानुभयोः सुरुमा त चटपटे व्यापार पनि राम्रो थियो । पहिले आठ हजार देखि दश हजार सम्म नि कमाई हुन्थ्यो तर अहिले दिनमा हजार, १५ सय सम्म कमाई हुन्छ यहिमा खुशी छु किन कि लगानी कम छ ।
उहाँले भन्नुभयोः पहिला पुरानो बसर्पाकहुँदा र फनपार्क साईड तिर हुँदा त आफु पालिन र घर खर्च चलाउन पुग्थ्यो अलि बचत गर्न पनि तर अहिले घर खर्च चलाउन पनि मुस्किल पर्छ । उहाँले भन्नुभयोः जस्तो भएपनि छोरी मान्छेले चैं संघर्ष गर्नु पर्दाे रहेछ । उहाँले यो भनि रहदा ओठमा मुस्कान देखिन्थ्यो निकै हसिलो स्वभावको कृष्ण माया हामी संग बोल्दा कत्ती पनि हिचकिचाउनु भएन हामीले सोधेको सबै प्रश्नको उत्तर दिनुभयो ।
चटपेट बेच्ने कृष्णमायालाई पनि थाहाँ रैछ सरकारको नीति नियम कडा आएछ त्यसैले होला हामीलाई यता सारेको । रत्नपार्कमा हुदाँ बस चढ्ने झर्ने धेरै भिडभाड हुने भएकाले धरै आम्दानि हुने गरेको र भृकुटिमा सार्नु परे पछि व्यापार घट्ेय पछि जिविकोपार्जन गर्न गाह्रो भएको बताउनु भयो ।
कृष्णमायाले भन्नुभयोःगरिबलाई कहि केहि गर्न बस्न दिने हैन धनीले जे गरे पनि हुन्छ गरिबको बोली कस्ले सुन्ने । अहिले जहाँ पनि पावर(भनुसुन) लगाउनु पर्ने तर हाम्रो त्यस्तो पावर नै छैन । उहाँले थप्नुभयोः यो सबै राजनीतिको कारण हो ।
जो मान्छे राजनीतिमा संलग्न छ उसलाई सबै कुरा छ तर हामी मजदुरी गरेर खानेलाई कस्ले हेर्छ र ? कृष्णमाया एक प्रतिनिधी पात्रमात्रै हुनुहुन्छ, उहाँ जस्ता एकल महिलाहरु अहिले पनि समाजको संकुचित धारिलो हतियारले रेटि रहेका छन् ।
प्रतिक्षार्थीः गीता राई र सरिता श्रेष्ठले गरेको कुराकानी