काठमाडौं । यूएईले नेपालीसहित विदेशी कामदारका लागि प्रवेश खुला गरेको छ ।
कोरोना महामारीका कारण नेपालसहित भारत, पाकिस्तान, सियरा, लाइबेरिया, नामिबिया, नाइजेरिया, लियोन, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, कंगो, युगान्डा, भियतनाम र जाम्बियाका नागरिकलाई यूएई प्रवेशमा रोक लगाएको थियो ।
कोरोना भाइरस नियन्त्रण गर्न भन्दै यूएई सरकारले सन् २०२० को जुलाईदेखि विदेशी नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको थियो । कोरोना भाइरसको उच्च जोखिम बढेको भन्दै यूएईले प्रतिबन्ध लगाएको थियो । सोही प्रतिबन्ध हाल हटाएको हो ।
२०२१ को सेप्टेम्बरदेखि विदेशी नागरिकमाथि लगाएको प्रतिबन्ध यूएईले खुलाएको खलिज टाइम्सले जनाएको छ ।यूएईले विश्वका सबै मुलुकका नागरिकहरूका लागि सशर्त रोजगार, भ्रमण र पारिवारिक भिसा खुला गरेको सो पत्रिकाले उल्लेख गरेको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रमाणित गरेको जोनसन एन्ड जोन्सन, मोडेर्ना, फाइजर बायोन्टेक, एस्ट्राजेनेका, कोभिसिल्ड, सिनोभ्याक खोप लगाएको हुनुपर्ने बताइएको छ ।