काठमाडौं । ‘किताब यात्रा फाउन्डेसन’ले आयोजना गर्ने ‘किताब जात्रा’ असोज १० गतेदेखि १६ गतेसम्म हुने भएको छ । फाउन्डेसनले यस वर्षको ‘किताब जात्रा’ एक सातासम्म चल्ने जानकारी आयोजकले दिएको छ ।
‘यस वर्ष पनि भौतिक रूपमा किताब जात्रा गर्ने योजना कोभिड–१९ महामारीको प्रभाव अझै कायम रहेकोले सम्भव हुन सकेन’, फाउन्डेसनका अध्यक्ष तथा ‘नबिल किताब जात्रा– २०७८’का फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘त्यसैले यस वर्ष पनि सेसनहरू एपीवान एचडी टेलिभिजन प्रशारण गरिनेछ । त्यसैगरी किताब जात्रा युट्युब च्यानलबाट पनि सेसनहरू हेर्न सकिनेछ ।’
‘किताब जात्रा’ असोज १० बेलुकी ५ बजेदेखि ७ बजेसम्म र त्यसपछिका दिनमा ६ बजेदेखि ७ बजेसम्म एपिवान टेलिभिजनमा हेर्न सकिनेछ । जात्रामा जोडिएको किताब नामलाई सार्थक बनाउन भने किताब यात्रा डटकमबाट नेपालमा उपलब्ध पुस्तकबारे जानकारी लिन र खरिद गर्न पनि सकिने उनले बताए ।
जनजीवनको अभिन्न अंग पठनसंस्कृति बन्नुपर्छ भन्ने ध्येय स्थापित गर्न फाउन्डेसनले आयोजना गर्ने गरेको ‘किताब जात्रा’को यो चौथो संस्करण हो ।
समाजका विभिन्न क्षेत्रका व्यक्तित्वबीच अन्तरक्रिया गरिने जात्रामा यस साहित्य, सिनेमा, संगीत, अर्थ, उद्यमलगायतका क्षेत्रका व्यक्तित्वहरू समावेश ८ वटा सेसनका साथै विशेष र काव्यिक प्रस्तुति पनि रहने फाउन्डेसनका सचिव कला अनुरागीले जानकारी दिए ।
उनका अनुसार ‘कथा लेखनको कथा’ शीर्षकमा आख्यानकार नयनराज पाण्डे र अमर न्यौपानेसँग शोभिता सिंखडाले सम्वाद गर्नेछिन् भने ‘लेखनमा लगाव’ शीर्षकमा सुरेश बडाल र प्रभाव बरालसँग मोहराज शर्माको संवाद हुनेछ । जात्रामा कवि नवराज पराजुलीको विशेष प्रस्तुति समेटिनेछ ।
अभिनेता निखिल उप्रेती र विपिन कार्कीसँग ‘सिनेमाको संसार’ तथा सुगम पोखरेल, प्रकाश सपुत र प्रमोद खरेलसँग
‘स्वरको सरगम’ शीर्षकमा समा थापाले बहस चलाउँदैछिन् । त्यसैगरी गायक अमृत गुरुङसँग टिकाराम यात्रीको अन्तरंग कुराकानी जात्रामा हेर्न सकिनेछ । गायिका आनी छोइङ डोल्माको विशेष प्रस्तुति पनि जात्रामा रहनेछ ।
‘