एजेन्सी । इटालियन क्लब रोमाले युरोपा लिग फुटबलमा बुल्गेरियन क्लब सीएसकेए सोफियालाई हराएको छ ।
टमी अब्राहमले रोमाका लागि घरेलु मैदानमा पहिलो गोल गरेको खेलमा रोमाले शानदार जित निकालेको हो ।
गए राति समूह सीमा रोमाले सीएसकेए सोफियालाई ५–१ गोल अन्तरले हराएको हो ।
जोसे मौरिन्होको नेतृत्वमा रोमाले पछिल्लो ६ मध्य सबै खेलमा जित निकालेको छ ।
आयरिसम्यान गा्रहम केरीको गोलमा पाहुना टोलीले खेलमा अप्रत्यासित अग्रता लिएको थियो ।
लोरेन्जो पेलेग्रिनीले बराबरी गोल फर्काएको खेलमा स्टेफन एल शारवीले रोमालाई अग्रता दिलाएका थिए ।
जिआनलुका मन्सिनी र पेलेग्रिनीले पुन गोल गर्दै रोमालाई ४–१ को सहज अवस्था पुर्याएका थिए । रोमाका लागि अन्तिम गोल अब्राहमको नाममा रह्यो ।
२३ वर्षिय इङ्ल्याण्डका फरवार्डले पछिल्ला ५ खेलमा २ गोल गरेका छन् । उनी यसै सिजन चेल्सीबाट रोमा आएका हुन् । रोमाले गरेका पछिल्ला ४ गोलमा अब्राहमको भुमिका छ । उनले दुई गोल गर्नुका साथै दुई गोलको अवसर सिर्जना गरेका छन् ।
रोमाले नयाँ सिजनको सुरुवाती सबै ६ खेलमा जित निकालेको छ । रोमाले सिरि एमा ३ र युरोपा लिग छनोटमा ३ खेलमा जित आत्मसाथ गरेको छ ।
युरोपा लिगको अर्को खेलमा लेस्टर सिटीले नापोलीसंग बराबरी खेलेको छ । लेस्टरले नापोलीसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
लेस्टरले २–० को अग्रतालाई जोगाउन नसक्दा नापोलीसंग बराबरीमा रोकियो ।
खेलको नवौं मिनेटमा आयोज पेरेजको गोलमा लेस्टरले अग्रता लिएको थियो । हार्वे बान्र्सले ६४ औं मिनेटमा लेस्टरको अग्रतालाई दोब्बर बनाएका थिए ।
नोपालीका ओसिम्हेनले लगातार दुई गोल गर्दै नापालीलाई अंक दिलाउन सफल रहे । उनले ६९ औं र ८७ औं मिनेटमा नापोलीका लागि गोल गरेका थिए ।