काठमाडौं । हामीले प्रायजसो कुनै पनि कलाकारको फ्यानले कलाकारको लागि आफ्नो हातमा उसको नामको ट्याटु खोपेको, हातको नसा काटको, अटो ग्राफका लागि मरिहत्ते गरेको, बिबाह गर्नको लागि प्रस्ताब गरेको र अन्य धेरै अजिब हर्कतहरु गरेकोे पढेका, सुनेका र हेरेका छौ ।
तर बिरलै भएपनि कहिलेकाहि तिनै कलाकारलाई फ्यानले गाली गरेको, अण्डाले हिर्काएको, जुताले हिर्काएको लगायत घटनाहरु पनि सुन्ने गरेका छौ । र यस्तो घटनाबाट आकल झुक्कल मात्रै कलाकारहरु पिडित हुने गर्छन् तर नेपालमा भने यस्तो बिरलै हुने घटनाबाट बारम्बार पिडित हुने कलाकार हुन् “¥यापर भि टेन” ।
भि टेनको नामबाट चर्चा कमाएका ¥यापर समिर घिसिङ धेरैपल्ट यस्तै घटनाको शिकार भएका छन् । चितवनमा भएको एउटा कन्र्सटमा उनले आफ्नो प्रस्तुती दिदै गर्दा उनीमाथि ढृुङ्गा प्रहार भएको थियो । स्टेजबाट उनले ढुङगा नहान्न भनेर अनुरोध गरेपछि पुनः उनले आफ्नो प्रस्तुती दिएका थिए । तर उनको यो अनुरोध त्यहि स्थानमा मात्रै सिमित भयो किनकी भि टेन माथि फेरि कलाको लागि एकदमै कहलिएको शहर पोखरामा ढुङगा प्रहार भएको छ ।
पोखरा स्ट्रिट फेस्टिबलको उपलक्ष्यमा स्टेज चढेका उनलाई फ्यानहरुको मायाको साथै ढुङ्गाले पनि स्बागत ग¥र्यो । भिडको साहारा लिदै उनीमाथि ढुङ्गा हनियो । ढुङगा हानेपछि “गोली छ भने हान” भनी आक्रोशित भएका उनलाई बोली रहँदा दास्रो पटक पनि ढुङगा प्रहार भएपछि सम्हान निकै हम्मे हम्मे परेको थियो ।
“म मरिदिन्छु” भनि स्टेजमै भि टेन कराउन थालेपछि आयोजकलाई भि टेनलाई सामान्य अबस्थामा ल्याएर केहि असहज भएको थियो । समालि सकेपछि माइकमा बोल्दै गरेका भि टेन निकै भावुक मुद्रामा थिए र रोए पनि । बारम्बार बिभिन्न ठाँउमा यस्तै र्दुब्यावहारमा परेपछि सकारात्मक हुन गाह्रो भएको उनको भावुक मुद्राले प्रस्ट देखाउथ्यो ।
“लाहुरेको कथा, हालखबर” भि टेनको चर्चा कमाएका गीतहरु हुन् । आखिर किन बारम्बार भिटेन माथि यसरी ढुङ्गा प्रहार हुन्छ या भनुम् दुर्व्यवहार गरिन्छ भन्ने कुराको ठेट कारण भने छैन । “चुरोट” बोलको गीतबाट चर्चा कमाएका भि टेन को गीतमा केहि अश्लिल शब्दको प्रयोग हुने भएकाले धेरैले यसलाई नै उनीमाथि हुने र्दुब्यावहारको कारक मानेका छन् ।
भि टेन माथि ढुङगा प्रहार गरेको भनेर प्रहरीले रक्सिको तालमा मातिएका एक युवालाई हिरासतमा पनि लिएको छ । तर यसरी राष्ट्रको गहनाका रुपमा चिनिने कलाकारमाथि र्दुब्यावहार हुनुले कस्तो किसिमको सन्देश प्रबाह भएको छ या हुने हो यो भने समयले नै बताउँछ ।