आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।
गए राति सम्पन्न दोस्रो खेलमा नेपाल घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।
ओमानको जितमा जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेले ।
विस्फोटक ब्याटिङ गरेका उनले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गरे । उनले पाँचौ ओभरमा सोमपाल कामीविरुद्ध एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेका थिए ।
यस्तै सुरज कुमारले २० रन जोड्दा आयन खानले १८ रन बनाए । सोइब खान ७ रनमा आउट हुँदा कप्तान जिसन मक्सुद ४ रनमा आउट भए ।
मोहमद नदीम ३८ रनमा अविजित रहदा सन्दीप गउड सुन्य रनमा अविजित रहे ।
नेपालका करण केसी र कुशल मल्लले २-२ विकेट लिए । सुशन भारीको नाममा १ विकेट रह्यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९६ रन बनाएको थियो।
नेपालका लागि ओपनर आसिफ शेखले ९० रनको अर्धशतकीय इनिङ्स खेले ।
त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१-२१ रन जोडे। रोहित पौडेल २० रनमा आउट हुँदा सनिद्प लामिछाने १६ रनमा आउट भए ।
सोमपाल कामी ७ रन, विनोद भण्डारी ६ रन, कुशल मल्ल ४ रन र बिक्रम सोब २ रनमा आउट भए । ओपनर कुशल भुर्तेल सुन्य रनमा पेभेलियन फर्किए ।
ओमानका बिलाल खान एक्लैले ४७ रन खर्चिएर ४ विकेट लिए । नेस्टर धाम्बाले २ तथा जिशन मक्सुद र मोहमद नदीमले १-१ विकेट लिए ।
यससँगै ओमानविरुद्ध नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ । सिरिजको पहिलो खेलमा भने नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । अब नेपालले शुक्रबार अमेरिकासँग दोस्रो खेल खेल्नेछ ।