एजेन्सी । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड, चेल्सी, आर्सनल र म्यानचेस्टर सिटीले जित निकालेका छन् ।
गए राति भएको खेलमा म्यानचेस्टर र लण्डन क्लबले सफलता प्राप्त गरेका छन् ।
लण्डन क्लब चेल्सीले एस्टन भिल्लालाई ३–० ले हरायो । चेल्सीको जितमा रोमेलु लुकाकुले दुई तथा माटि कोभासिसले एक गोल गरे ।
अर्को खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासलाई ४–१ ले हरायो । युनाइटेडको जितमा रोनाल्डोले दुई गोल गरे ।
यसै सिजन युनाइटेड आएका रोनाल्डोले दुई गोल गर्दै दोस्रो इनिङ्सको सुरुवात गरेका छन् । अन्य दुई गोल ब्रुनो फर्नान्डेज र जेसे लिङ्गार्डको नाममा रह्यो । न्युक्यासलका लागि जाभियर मानक्विलोले एक गोल गरे ।
अर्को खेलमा म्यानचेस्टर सिटीले लेस्टरमाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । सिटीको जितमा बर्नार्डो सिल्भाले विजयी गोल गरे ।
आर्सनलले सिजनको पहिलो जित निकाल्ने क्रममा नर्विच सिटीलाई १–० ले हरायो । आर्सनलको जितमा पियरिक इम्रिक अबुमियाङले विजयी गोल गरे ।
म्यानचेस्टर युनाइटेड १० अंक सहित तालिकाको शीर्ष स्थानमा छ । समान अंक भएपनि गोल अन्तरका आधारमा चेल्सी दोस्रो स्थानमा छ ।
म्यानचेस्टर सिटीले ९ अंक जोडेर तेस्रो स्थानमा छ । आर्सनल पहिलो जित निकाल्दै तालिकामा ३ अंक जोडेको छ र तालिकाको १६ औं स्थानमा छ ।