वास्तु शास्त्र प्राचीन विज्ञान हो । वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश।यसर्थ, “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ ।
वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ । वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ ।
वास्तु शास्त्र अनुसार घर बनाउदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ । प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको बिशेष ध्यान राखिन्छ ।
भान्सा घर
वास्तु शास्त्र अनुसार भान्साको पवित्रता तथा स्वच्छता कुनै मन्दिरको भन्दा कम हुदैन। त्यसैले भान्सा बनाउदा निम्न कुराहरु ख्याल गर्नु पर्छः
भान्सा घर दक्षिण–पूर्वी क्षेत्रमा बनाउनु उत्तम मानिन्छ तर ठाउँ नभए उत्तर–पश्चिममा निर्माण गर्न सकिन्छ ।
खाना पकाउने स्थानले पूर्वी र उत्तरी भित्तालाइ छुनु हुदैन ।
पूर्वमा फर्केर खाना पकाउनु उचित मानिन्छ ।
घरको ग्यास र चुल्हो बाहिरबाट नदेखिने स्थानमा हुनु पर्छ ।
पानीको धारा र चुल्होलाइ नजिकै राख्नु हुदैन ।
खाना भान्साको बीचभागमा बसेर खानु पर्छ ।