एजेन्सी । इर्लिङ हालाण्ड चम्किएको खेलमा नर्वेले विश्वकपको युरोपेली छनोटमा शानदार जित निकालेको छ । मंगलबार राति नर्वेले जिब्राल्टरमाथि ५–१ को शानदार जित निकालेको हो ।
नर्वेको जितमा हालाण्डले ह्याट्रिक पुरा गरे । उनको उच्च फर्मसंगै नर्वेले समेत छनोट प्रतियोगितामा आफुलाई अब्बल सावित गरेको छ । क्रिस्टियन थोस्र्टभेडको गोलमा नर्वेले सुरुवाती अग्रता बनाएको थियो । हालाण्डले नर्वेको अग्रतालाई दोब्बर बनाउने काम गरे । जिब्राल्टरका रियास स्टाइचले एक गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।
तर अलेक्जेन्डर सोरलोथ र हालाण्डले इन्जुरी समयमा ह्याट्रिक पुरा गरेपछि नर्वेले शानदार जित आत्मसाथ गर्यो । जर्मन क्लब बोरुसिया डर्टमण्डका फरवार्ड हालाण्डले पछिल्लो ८ खेलमा ११ गोल गरेका छन् । उनले यस सिजन दुई ह्याट्रिक पुरा गरिसकेका छन् ।
अर्को खेलमा मेम्फिस डेपेको पहिलो अन्तराष्ट्रिय ह्याट्रिकमा नेदरल्याण्ड्सले शानदार जित निकालेको छ । नेदरल्याण्ड्सले टर्कीलाई ६–१ गोल अन्तरले हराएको छ ।
नेदरल्याण्ड्सको जितमा डेपेले पहिलो अन्तराष्ट्रिय ह्याट्रिक पुरा गरे । डेपेको ह्याट्रिकसंगै नेदरल्याण्ड्स समुह चरणको छनोटमा शीर्ष स्थानमा उक्लिएको छ ।
डेभी क्लासेनले पहिलो मिनेटमै डच टिमलाई अघि बढाएका थिए ।
बार्सिलोनाका फरवार्डले लगातार तीन गोल गर्दै नेदरल्याण्ड्सलाई ४–० को अग्रता दिलाए ।
गुस तिल र डोनियल मालेनले थप एक एक गोल गर्दै नेदरल्याण्ड्सको ६ गोल पुरा गरे । २७ वर्षिय डेपे जोहान क्रुइफ र अबे लेन्स्ट्रासंगै ३३ गोलसंगै नेदरल्याण्ड्सको आठौं सर्वाधिक गोलकर्ता बनेका छन् ।
बार्सिलोनाका फरवार्डले पछिल्ला १० खेलमा देशका लागि १२ गोल गरेका छन् । नेदरल्याण्ड्सले पछिल्लो खेलमा मोन्टेनेग्रोविरुद्ध प्राप्त गरेको ४–० को जितमा समेत डेपेले दुई गोलको योगदान गरेका थिए ।
लेस्टर सिटीका कागलर सोयुन्कु रातो कार्ड खादै मैदान बाहिरिएपछि टर्कीले दोस्रो हाफ १० खेलाडीमा सिमित बनेर खेलेको थियो । दोस्रो हाफको इन्जुरी समयमा केन्गिज अन्डरले टर्कीका लागि एक गोल फर्काएका थिए ।
जित सहित नेदरल्याण्ड्स १३ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । नर्वेसँग अंक बराबर भएपनि गोल अन्तरका आधारमा डच टि अघि बढेको हो । नेदरल्याण्ड्सले ६ खेलमा १६ गोल गरेको छ ।
यस्तै, पोर्चुगलले अजरवैजानलाई ३–० ले हरायो । जितसहित पोर्चुगल समूह एको शीर्ष स्थानमा उक्लिएको छ ।
म्यान्चेष्टर युनाईटेडका ब्रुनो फर्नान्डेजको क्रसमा म्यान्चेष्टर सिटीका बर्नार्डो सिल्भाले २६ औं मिनेटमा पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । आन्द्रे सिल्भाले ३१ औं मिनेटमा भ्रमणकारी टिम पोर्चुगलको अग्रता दोब्बर बनाए । लिभरपुलका डिएगो जोटाको पासलाई सदुपयोग गर्दै सिल्भाले अग्रता दोब्बर बनाएका थिए । खेलको ७५ औं मिनेटमा जोटाले एक गोल थप्दै टिमको जित सुनिश्चित गरे ।
अन्तराष्ट्रिय विश्रामपछि पोर्चुगलको तेस्रो जित र सर्वियाले रिपब्लिक अफ आयरल्याण्डसंग १–१ गोलको बराबरी खेलेपछि साविक युरो च्याम्पियनले समूहमा दुई अंकको अग्रता लिएको छ । पोर्चुगलको १३ र सर्वियाको ११ अंक भएको छ ।
पोर्चुगल कीर्तिमानी गोलकर्ता क्रिस्टियानो रोनाल्डोबिनै मैदान उत्रिएको थियो । रिपब्लिक अफ आयरल्याण्डविरुद्ध गोल गरेपछि खुसीयाली मनाउने क्रममा रोनाल्डोले दोस्रो पहेलो कार्ड खाएका थिए । राष्ट्रिय टिमबाट कीर्तिमानी गोलकर्ता बनेका रोनाल्डोले खुसीयाली मनाउने क्रममा कार्ड खादै अर्को खेल गुमाउने भएका थिए ।
समूहमा तीन खेल खेल्न बाँकी रहेको पोर्चुगलले अक्टोबर १२ मा लक्जवर्गसंग खेल्नेछ ।
यस्तै, एन्टोनी ग्रिजम्याच चम्किएको खेलमा फ्रान्सले फिनल्याण्डलाई २–० ले हराएको छ ।
फ्रान्सको जितमा दुवै गोल एन्टोनी ग्रिजम्यानले गरे ।
खेलको २५ औं मिनेटमा फ्रान्सलाई अग्रता दिलाएका ग्रिजम्यानले ५३ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।
जितसंगै फ्रान्सले ५ खेलको जित विहिन यात्रालाई समेत सुधार गरेको छ ।
विश्व विजेता फ्रान्सले पछिल्ला दुई छनोट खेलमा बराबरी खेलेको थियो । उसले बोस्निया हर्जगोभिना र युक्रेनसंग बराबरी खेलेको थियो ।
ग्रिजम्याच खेलाडी सरुवाको अन्तिम दिन नयाँ सिजन एट्लेटिको मड्रिड फर्किएका छन् । उनी लोनमा बार्सिलोनाबाट एट्लेटिको आएका हुन् ।
३० वर्षिया फरवार्डले नयाँ क्लबाट खेल्न पाएका छैनन् । तर उनले फ्रान्सका लागि तीन अन्तराष्ट्रिय खेलमा तीन गोल गरिसकेका छन् ।
फ्रान्स १२ अंक सहित समूह डीको शीर्ष स्थानमा छ । यसले दोस्रो स्थानको युक्रेनसंग ७ अंकको स्पष्ट अग्रता लिएको छ ।