काठमाडौं । नेपालसँगको दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली नेपाल आइपुगेको छ। एफसी वुमन्स एसियन च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। आगामी बिहीबार र आइतबार हुने खेल काठमाडौंको दशरथ रंगशालामा हुनेछ।
मैत्रीपूर्ण खेल हेर्नका लागि टिकट दर २ सय ५ सय रुपैयाँ छुट्याइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। टिकट प्रभु पेबाट किन्न सकिनेछ। एएफसी एसियन कप २०२२ को छनोटमा नेपाल फिलिपिन्स र हङकङ रहेको समूह ‘एफ’मा रहेको छ।
छनोट खेल उज्बेकिस्तानमा हुनेछ। एसियन कप छनोटका लागि नेपालका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ७ नयाँ अनुहारलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्।