काठमाडौं । आधारभूत तहको नेपालभाषा प्रशिक्षण सहायकहरुको शिक्षण तालिम समापन भएको छ । काठमाडौं महानगरपालिकाको शिक्षा विभागको आयोजना र नेवाः स्यनामि दबूको प्राविधिक सहयोगमा गएको भदौ १३ गते सुरु भएको तालिम आज समापन भएको हो । तालिम समापन अवसरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सहरी योजना आयोगले नेपाल, नेपाली र अंग्रेजी गरी ३ वटा भाषामा तयार पारेको शब्द चित्र पुस्तिकाहरु सार्वजनिक गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले, नगरको संस्कृति, सम्पदा र भाषा बचाउनका लागि महानगरले नेपालभाषाको माध्यमबाट स्थानीय विषयको पाठ्यक्रम पढाउने निर्णय गरेको बर्ताए । अहिले महानगरकै बाटोलाई पछ््याउँदै उपत्यकाका अन्य नगरपालिकाहरूले पनि नेपालभाषाका माध्यमबाट स्थानीय विषयको पठनपाठन गर्न थालेका छन् । यो सकारात्मक विस्तार हो । शाक्यको भनाइ थियो । ं
नेपाल भाषाको पठनपाठनलाई सहयोग पु¥याउनको लागि सहयोगी सामग्रीका रुपमा सचित्र शब्द पुस्तिका प्रकाशन गरिएको हो । नेपाल भाषाको पुस्तान्तरणका लागि आफ्ना प्रयासका बारेमा कुरा गर्दै प्रमुख शाक्यले, यसप्रकार सामाग्री नियमित प्रकाशन हुने बताए ।
हाम्रा पालामा नेपाल भाषाको पठनपाठन सुरु भयो । यो बन्द नहुने कार्यक्रम हो । कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, यो राजनीतिभन्दा माथिको साझा विषय भएको चर्चा गरे । त्यस्तै सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले भाषामार्फत परम्परा, कला, साहित्य र सिर्जना पुस्तान्तरण गर्न र जिज्ञासुलाई पाठ््य सामाग्री उपलब्ध गराउने प्रयास गरिउकोे उल्लेख गरे ।
सहरी योजना आयोगका सदस्य एवं सचित्र शब्द पुस्तिकाकी संयोजक गुजेश्वरी श्रेष्ठले पुस्तिकाका विषयमा जानकारी दिँदै अहिले ४ विषयमा प्रकाशन गरिएको सचित्र पुस्तिका थप २ विषयमा पनि छिट्टै प्रकाशन हुने बताए ।
शिक्षा विभागले स्थानीय भाषाको अध्ययन अध्यापन कार्यलाई सरल र व्यवहारिक बनाउने प्रयास गरेको छ । कार्यक्रममा शिक्षा अधिकारी रामप्रसाद खनालले धारणा राख्दै शिक्षा अधिकृत मोतीराज खनालले शिक्षण पद्धतिलाई एकरुपता प्रदान गर्न तालिम र क्षमता विकासका काम गरिरहेको बताए ।
काठमाडौं महानगरपालिकाले आफू मातहतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म गत वर्षदेखि काठमाडौंको चिनारी समेटिएको ‘येँ देय् म्हसीके’ नामक पाठ्यक्रमको अध्यापन सुरु गरेको छ । पाठ््यक्रम पठनपाठनका लागि प्रशिक्षण सहायकका लागि प्रशिक्षण सञ्चालन गरिएको थियो ।
प्रशिक्षणमा विभिन्न ५५ वटा संस्थागत विद्यालयका करिब ७० जना शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो । भदौ १३ गतेदेखि वडा २० को परोपकार माध्यमिक विद्यालयमा प्रशिक्षण सुरु गरेका थिए ।
अरु विद्यालयहरूबाट प्रशिक्षणको माग आएकोले अर्को छिट्टै अर्को चरणको प्रशिक्षण सञ्चालन हुने प्रशिक्षण कार्यक्रमका संयोजक वरुणप्रसाद वैद्यको भनाइ छ ।