एजेन्सी । विश्वकपको युरोपियन छनोट अन्तर्गत इङ्ल्याण्ड र बेल्जियमले शानदार जित निकालेका छन् ।
बिहिबार राति इङ्ल्याण्डले हंगेरीलाई ४–० ले हराएको हो ।
इङ्ल्याण्डको जितमा रहिम स्टर्लिङ, ह्यारी केन, ह्यारी म्यागुइरे र डेक्लन राइसले समान एक एक गोल गरे ।
विश्वकप छनोटमा इङ्ल्याण्डले समूह आइमा शतप्रतिशत जित निकालेको छ । उसले समूहको चारै खेलमा जित निकाल्दै १२ अंक सहित शीर्ष स्थानमा छ ।
उसले समूहमा दोस्रो स्थानको पोल्याण्डसंग ५ अंकको अग्रता लिएको छ । हंगेरी ७ अंक सहित समूहको तेस्रो स्थानमा छ । इङ्ल्याण्डले आगामी आईतबार वेम्बलीमा पोल्याण्डसंग खेल्दैछ ।
यता, रोमेलु लुकाकु चम्किएको खेलमा बेल्जियमले इस्टोनियालाई हराएको छ ।
बिहिबार राति बेल्जियमले इस्टोनियालाई ५–२ गोल अन्तरले हराएको हो ।
लुकाकुले बेल्जियमका लागि ६६ गोल पुरा गर्दा बेल्जियमले घरेलु टिमविरुद्ध पुनरागमन जित निकालेको हो ।
बेल्जियम चार खेलबाट १० अंक सहित समूहको इको शीर्ष स्थानमा छ । चेक रिपब्लिक ७ अंक सहित दोस्रो स्थानमा छ । उसले समेत बेलारुसलाई १–० ले हरायो ।
वेल्सको गए राति कुनै खेल थिएन । उसले दुई खेलबाट तीन अंक जोडेको छ ।