काठमाडाै ।
फुलमाया रुम्बा,
२०७१ साल माघमा सिन्धुपाल्चोक बाडे गाँउबाट अन्तिम पटक फोन आयो । तपाई मलाई भेट्न चाहनुहुन्छ भने भोली बिहानै आउनु नभए म अब संग अब कहिल्यै सम्र्पक हुदैन । यताबाट प्रति उत्तरमा म भोली चैं आउन सक्दिन राति हुन्छ, बरु पछि आउछु......। बाबु विर बहादुर रुम्बा र छोरी फुलमाया रुम्बा बीचको सम्वाद सुनाउँदै उनका भाई विजय रुम्बाले भने त्यस पछि दिदी फुलमायासंग हाम्रो सम्पर्क भएन । मिति २०७२ साल बैशाख १२ गते देशमा ठुलो भूकम्प गयो, भूकम्पपछि बुवा र आमाले टिभीमा देख्नुभयो कि सिन्धुपाल्चोकमा भूकम्पले घरहरु छेदविच्छेद भएर मान्छेहरु धेरै मरेको घटनाहरु । विजय रुम्बाले काठमाडौं आयोजित पत्रकार सम्मेलनमा सुनाउँदै थिए ..। जब त्यो देख्नुभयो बुवा र आमा सारै आत्तिनुभयो र दिदी फुलमाया सिन्धुपाल्चोक बाढे गाउँमा रहेकाले असारमा त्यहाँ पुग्नुभयो पुगेपछि आश्रममा रहेका एक बाजेलाई सोध्दा बाजेले आश्रममा यस्ता मान्छे कति आउछन् कति जान्छन् हामीलाई त यादै हुदैन भने ।
तर आमा र बुवालाई भने त्यो जवाफले चित्त बुझेन र त्यो रात त्यहि बिताउने निर्णय गर्नुभयो । आमा बुवाको मन हो हुर्किएकी चेली लामो समय बेखर हुदा र भुकम्पले तहसनहस बनाउँदा छोरीको अपुष्ट खबरले उहाँहरुलाई बारम्बार हल्लाइ रहेको थियो ।
उहाँहरुले भोलि बिहान घोडाहरुको स्याहार गर्ने बाजेलाई सोध्दा बाजेले भनेः जान चैं ५ जना एकैचोटी जानुभएको हो । म बिरामी भर घर गाको थिए म आउदा उनीहरु कोहि थिएनन्, उनले भने मैले गाउँ गएको होला भन्ने सोचेको थिए ।
विजयले भनेः परम्परा अनुसार.. बुद्धका चेलालाई ६–७ महिना गुफा राख्नुपर्छ । मेरो दिदी पनि अहिंशावादी बनेर ३ वर्ष ३ महिना न्यूनी बसेर निष्कनुभएको थियो जुन बम्जनकोमा जादा । हामीले पनि त्यही होला भनेर सोच्यौं । उहाँले भन्नुभयोः बम्जनको आश्रममा बसेकी गंगामायामाथि भएको हिंसाको समाचार सुनेपछि हामीलाई हाम्रा चेली पनि गलत तरिकाले प्रयोग भइरहेका छन् कि भन्ने लाग्यो र हामीले खोज्न सुरु ग¥यौं । भाई विजयले आफ्नो पिडा सुनाउँदै थिए...हामीले सके जति स्थानमा दिदि खोज्ने प्रयास ग¥यौं, बम्जनको आश्रममा गएर खोज्न सक्ने हैसियत हामीसंग थिएन । उनि संग न भेट हुन्छ न उनिलाई हामीले देख्ननि पाउँछौं ।
हामीले बज्जनका सहयोगीलाई बुझ्दा उनीहरुले अहिसावादीको जासुसी, व्यवहार नराम्रो भन्ने कुरा सनेउ बिजयले आफ्नी दिदिलाई खोज्ने क्रममा भएका घटना सुनाउँदै थिए । उनले भने हाम्रा चेली कुन अबस्थामा छन्, कहाँ छन् भन्ने टुङगो लगाई दिनुप¥यो ।
तीन बर्ष सम्म किन खोजीएन भन्ने प्रश्नमा उनले भनेः हाम्रो एउटा नियम हुन्छ हामी अहिंसावादीको नियममा बाधिएका हुन्छौं । चेला शिष्यलाई ३ वर्ष ३ महिना त्यसरी न्यूनि राख्ने नियम छ त्यहीं फलो ग¥यौं उहाँले नि त्यसरी राख्नु भएको हो कि भन्ने लाग्यो पत्रकार सम्मेलनमा उनले भने ।
विजयले भनेः मैले राम बहादुर बम्जनलाई गलत सोचेको होइन । मेरो दिदी बहिर गएको छ भने पनि कहाँ गएको हो भन्ने सुचना पाए हुन्थ्यो । आफुलाई बुद्धको अवतार मान्ने बम्जनकै आश्रमबाट लामो समय वेपत्ता हुदा हामीले कहाँ शंका गर्ने त्यो सबैले बुझ्ने कुरा हो ।
चिनीमाया तामाङ्ग
चिनिमाया तामाङ उनि जहाँ गइन त्यहि उनले नाम पाइन..जस्तै कि पासङ्ग, चिनीमायाँ र टुङ्मा, उनी पनि राम बहादुर बम्जनको आश्रममा बस्थिन् । एकचोटि कर्मा र चिनीमायाँ कपडा फेरेर घरमा आएको थियो तर मैले भेट्न पाएन बोल्न नि पाएन । पछि भेट्न पाउछ होला भनेर सोचेको थिए तर झन् झन् टाढा भएर गइन । उनले भनिन् तपस्या गरेको होला, राम्रै होला भनेर सोच्यौं र उनले सम्र्पक पनि राखेन र भेट्न पनि आएन । त्यस्तै होला भनेर सोचेका थियौ ।
आफ्नो मान्छे कतै भेट्न पाउछ कि गुरुसँग भेट्न नपाए पनि शिष्यहरुसँग सोध्न पाउछ होला उनीहरुलाई थाहा होला भनेर आयौं । त्यहाँको चेलाहरुलाई सोधियो...तर उनिहरुले यिनीहरु ५ जना निस्केर गएको थियो यिनीहरु राम्रो हैन, आफ्नो मनले गएको हैन भन्यो । यिनीहरु अहिंसावादीको सिआईडी हो, खाना पकाउदा नि राम्रो पाक्न दिदैन, भातमा बालुवा हालेको जस्तो हुन्छ, तरकारी पानी जस्तो बनाउछ मन्त्रले भन्यो तर हामीले त्यसको वास्ता गरेनौं ।
आफ्नो मान्छेले खोजी गरेको भए पो थाहा हुनु, कसलाई सोध्नु सोध्ने मान्छेले नै त्यस्तो भन्छ । थाङ्का, बम्जनको पैतालाले टेकेको माटो औषधी हुन्छ भनेर बहिनी चिनीमायाँले ल्याएको थियो बम्जनको एकदमै विश्वास गरेका थियौ । बम्जनलाई हामीले नराम्रो भनेको पनि छैन अहिलेसम्म उ आश्रममै होला भेट्न नपाएको होला भन्ने आश थियो । तर अहिले यस्तो हुँदा हाम्रो मान्छे मरेको भए लास पाउ जिउँदो भए भेट्न उहाँ........ले भने ।
सन्त बहादुर वाईबा
मिति २०७२ चैत १४ गते सिन्धुपाल्चोक जाने क्रममा फोन गरेर म १५–१६ गते फर्कन्छु भनेका थिए तर त्यसपछि सम्र्पक बिहिन भए । चैत २८ गते बुवा सन्त बहादुर वाईबालाई खोज्न छोरा महेन्द्र वाईबा आफै सिन्धुपाल्चोक गएर सोधखोज गर्दा बेलुका पानी परेको र बिहान पनि उत्तिकै पानी परेको हुँदा कति बेला गए कति बेला आए हामीलाई याद भएनभन्दैे बम्जनका चेलाहरुले भने । भोलिपल्ट घर फर्केर आफ्नो आफन्तहरुकोमा पनि सोधखोज ग¥यौं । तर अहिलेसम्म पनि अत्तो पत्तो छैन । बम्जनले, मरेको छ भने लास ल्याईदिनुप¥यो नत्र जिउँदो भए मान्छे ल्याईदिनु प¥यो । उनका छोराले भने ।
क्यापिटल सम्वादाताः
गीता राई