काठमाडौं । टोखा नगरपालिकाले आफ्नो ४ बर्षे कार्यकालमा सबै वडा तथा नगरपालिकाको आफ्नै भवन निर्माण गर्न सफल भएको छ ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीका अनुसार जनताको आवश्यकता अनुसार सबै कार्य योजना तयार गरिएको छ ।
नगरपालिकामा ८ वटा सामुदायिक विद्यालय र ८३ वटा प्राइभेट विद्यालय रहेका छन भने सबै ठाउँमा विद्यालय भवन निर्माण गरिएको अधिकारीले बताए ।
नगरपालिकाका सबै विद्यालय मा आवश्यक अनुसार सबै कार्य योजना तयार गरिएको र त्यही अनुसार कार्य सञ्चालन गरी पूरा गरिएको समेत अधिकारीले जानकारी दिए । उनले भने, ‘सबै वडामा स्वास्थ्य चौकी निर्माण गरिएको छ । टोखा नगरपालिकाको अवसर जस्तै प्रदेश सरकार बाट प्रदेश अस्पताल प्राप्त गरिएको छ । यसका लागि जनशक्तिको व्यवस्था गरिएको छ ।’
यस्तै पहुँच नहुने ठाउँमा पनि स्वास्थ्य सेवा उपलब्ध गराइएको र सबै वडाको स्वास्थ्य चौकी मा ल्याब सहितको स्वास्थ्य चौकी निर्माण गर्ने योजना गरिएको अधिकारीले बताए । नगरपालिकामा मेयर स्वास्थ्य उपचार केन्द्र सञ्चालन गर्ने योजना गरिएको र गरिब असाहायलाई विशेष व्यावस्था गरिएको उनले बताए ।
नगरपालिकाले बालबालिकाको बिषयलाई उच्च प्राथमिकतामा राख्दै बालमैत्री नगरपालिका बनाउन विशेष कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । यसैगरी, जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि आवश्यक अनुसार तालिम को व्यावस्था गरिएको नगरप्रमुख अधिकारीले जानकारी दिए ।
नगरपालिकाको भौतिक पूर्वाधारलाई प्रमुख प्राथमिकतामा राखेर ३५ किलोमियटर सडक कालोपत्रे गरिएको अधिकारीले बताए । उनले भने, ‘नगरपालिकाभित्र हालसम्म ४५ की.मी. ढलान गरिएको छ मुख्य सडक खण्ड सबै सुधार गर्नुका साथै सडक बत्ती सञ्चालन गरी सिसिटिभी जडान गरिएको छ ।’
नगरपालिकाले कृषि क्षेत्रमा समेत विशेष कार्यक्रम ल्याएको छ । किसानलाई आवश्यक बिऊ बिजन देखि मल उपलब्ध गराउने कार्यमा समेत विशेष ध्यान दिइएको नगरप्रमुख अधिकारीले बताए ।
कोभिड–१९बाट प्रभावितहरुका निम्ति करिब २ करोड बराबरको राहत समग्री वितरण गरिएको नगरप्रमुख अधिकारीले बताए । उनले भने, ‘कोभिडको जटिल परिस्थितिमा अक्सिजन सिलिन्डर को व्यावस्था, मास्क स्यानिटाईजरको व्यावस्था गरिएको थियो ।’
नगरपालिकाभित्र कोही पनि भोकै बस्न नपरोस् भनेर विशेष व्यवस्था गरिएको नगरप्रमुख अधिकारीले बताए ।