काठमाडौं । देशको सबैभन्दा जेठो अस्पताल विर अस्पतालले आन्दोलनरत कर्मचारीलाई विरोधका सबै कार्यक्रम स्थगित गन आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गदै अस्पतालले आन्दोलनरतपक्षका मागहरु सम्बोधनका लागि पहल भइरहेको भन्दै बार्ताका लागी समेत बोलाएको छ ।
कर्मचारीहरुको तलब भत्ता, सेवा विस्तार भत्ता, चाडपर्व भत्ता, औषधि खरिद खर्च लगायत कोभिडको महामारीका कारण उपलब्ध गराउन नसकिएको अस्पतालले स्वीकार गरेको छ । अस्पतालको आर्थिक स्रोतमा कमी आएकाले यी भत्ताहरु साउनदेखि प्रदान गर्न कठिनाइ भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालको नियमित सेवा सञ्चालनमा नआउँदासम्म सबै भत्ताहरुको व्यवस्थापन गर्न अस्पताल प्रशासन असमर्थ रहेको विज्ञप्तिमा उल्लेख छ । कोभिड जोखिम भत्ता वितरणमा केही समय लागे पनि प्राप्त जोखिम भत्ताको रकम सकेसम्म छिटो उपलब्ध गराउने अस्पतालले जनाएको छ ।