काठमाडौं - दिन प्रतिदिनको बढ्दो चिसोका कारण जनजिवन प्रभाबित भइरहेको छ । चिसो बढेसँगै मानिसहरु न्यानो हुनका लागी आगो वा हिटर ताप्न सुरु गरेका छन् । आगो वा हिटर ताप्दा शरीर न्यानो भएपनि स्वास्थ्यमा नकारात्मक असर पार्ने गर्दछ ।
जति जाडो भएपनि कोठा भित्र आगो बाल्नु हुदैन । कोठाभित्र आगो बाल्दा यसबाट निस्केको धुवाँ लामो समयसम्म कोठाभित्र रहिरहन्छ । आगो बाल्दा निस्केको धुवाँ स्वास्थ्यका लागी एकदमै हानिकारक हुन्छ । यसले सामान्य मानिस लगायत दम, आस्थमा र सिओपिडि भएका व्यक्तिहरुलाई बढि असर पार्ने गर्दछ ।
झ्याल ढोका बन्द गरेर आगो ताप्दा मानिसको ज्यान समेत जानसक्छ । आगो बाल्दा कार्वन मोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । यो एक प्रकारको विषालु ग्यास हो । कोठाभित्र आगो बाल्दा अक्सिजनको साथमा विषालु ग्यास समेत सेवन हुने गदर्छ ।
विषालु ग्यास शरीर भित्र प्रवेश गर्दा शरीरमा भएको हेमोग्लोविनसित मिसेर कार्वोक्सीहेमोग्लोविनमा परिणत हुने गदर्छ ।
रगतमा अक्सिजनको सट्टा कार्वन मोनोअक्साइडको परिणाम ज्यादा भएमा रगतमा अक्सिजनको मात्रा कम भई हाइपोक्सियाको स्थिति बन्छ । जसले शरीरका कोषिकालाई नष्ट पारी ज्यानै जाने सम्भावना बढाउँछ ।
कार्वन मोनोअक्साइडको मात्रा बढी भएमा चक्कर लाग्ने, टाउको दुख्ने वा टाउको भारी हुने, वान्ता आउने, आँखामा जलन हुने, सास फेर्नमा कठिनाई हुने जस्ता लक्षण देखापर्छ ।
हिटर ताप्दा छाला सुख्खा बनाउने गर्दछ । यस्ता खालका विद्युतिय सामाग्रीको प्रयोग गर्दा बिशेष सावधानी अपनाउनुपर्छ । अन्यथा मानिसको ज्यान समेत जान सक्छ ।
बन्द कोठामा आगो, ग्यास, हिटर, एसी, प्रयोग गर्नुहुदैँन । यदि प्रयोग गरेमा हावा आवतजावत हुने गरि प्रयोग गर्नुपर्छ । जाडोमा न्यानो हुनका लागी बाक्लो कपडा लगाउनु सबैभन्दा राम्रो उपाय हो ।