काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिने अवधिमा ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकले पछिल्लो दिनमा नियमितजसो नै वित्तीय उपकरणको प्रयोग गर्दै बजारमा उल्लेख्य मात्रामा तरलता प्रवाह गर्दै आएको छ ।
बैंकले यसअघि गएको माघ २१ गते र माघ २८ गते ट्रेजरी बिल बिक्री गरेको थियो । बैंकले भोलि ट्रेजरी बोलकबोलका बारेमा जानकारी दिने जनाएको छ । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।