काठमाडौँ उपत्यकामा आज बिहानैदेखि मौसम केही सफा देखिए पनि नेपालको पूवी क्षेत्रमा भने अहिले पनि पूर्ण बदली कै अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ र २ मा पूर्ण बदलीसहित धेरै ठाउँमा वर्षा भइरहेको छ ।
ठाउँठाउँमा सामान्यदेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षासमेत भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उँहाका अनुसार मौसम सुधार भए पनि छिटफुट बदली र केही स्थानमा वर्षा भने कायमै रहने छ तर लगातारको झरी हुँदैन ।
हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा रहेको न्यून चापीय क्षेत्र उत्तरपूर्व सर्दैछ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, २ र गण्डकी प्रदेशका एक—दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।