आज दिउँसो देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ् सहित हल्का देखी मध्यम बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा सामान्य बदली र तराई भूभागमा आशिंक बदली रहेको छ ।
अहिले मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिणतर्फ अवस्थित रहेको महाशाखाले जनाएको छ ।
प्रदेश १ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।