जल तथा मौसम विज्ञान विभागले अझै तीन दिन भारी वर्षा हुने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पुर्वी र मध्य भू—भागमा नेपाल नजिक रहेको मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा छ ।
आज राति देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ को एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार भोली देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार प्रदेश १, बागमति प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।